ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

धितोपत्र दोस्रो बजारको कुल पूँजीकरण ३२ खर्बभन्दा तल, सातामा १ खर्ब ६४ अर्बले घट्यो

२०७९ जेठ, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ७, काठमाडौं । स्थानीय निर्वाचनले बजारले गति लिने अपेक्षा गरेका लगानीकर्ताहरुले यो साता रू. १ खर्ब ६४ अर्बभन्दा बढी गुमाएका छन् ।

धितोपत्र दोस्रो बजारको पूँजीकरण यो साताको अन्तिम कारोबार दिन रू. ३१ खर्ब ७९ अर्ब ४९ करोड ४९ लाखमा झरेको हो । गत साताको अन्तिम कारोबार दिन कुल बजार पूँजीकरण रू. ३३ खर्ब ४३ अर्ब ५५ करोड ६९ लाख रहेको थियो ।

गत साताको तुलनामा समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक ११५ दशमलव ३३ अंक तल झरेको छ । गत साता २ हजार ३५० दशमलव ४२ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार २३५ दशमलव शून्य ९ विन्दुमा झरेको हो । 

यसै सातादेखि सरकारले आइतवार पनि सार्वजनिक विदा दिने निर्णय लागू गरेसँगै धितोपत्र दोस्रो बजारमा पनि सोमवारदेखि शुक्रवारसम्म कारोबार शुरु गरिएको छ । सोमवार बुद्धजयन्तीको सार्वजनिक विदाका कारण बन्द रहेको बजार चार दिन मात्र खुलेको छ ।

बजार खुलेको पहिलो दिन ८४ दशमलव ९० अंकले घटेको थियो । दोस्रो दिन ८ दशमलव ९० अंकले बढेको बजार त्यसपछि लगातार दुई कारोबार दिन २३ दशमलव ५१ अंक र १५ दशमलव ८२ अंकले घटेको छ । 

नेप्से परिसूचकसँगै यो साता सेन्सेटिभ इन्डेक्स पनि १९ दशमलव २३ अंकले घटेको छ । गत साता ४५३ दशमलव ९६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४३४ दशमलव ७३ विन्दुमा झरेको हो ।

यो साता बजारमा लगानीकर्ता अन्योलमा रहेको अवस्था देखिन्छ । कतिपय लगानीकर्ता बजार घटिरहेको अवस्थामा अव शेयर किन्दा हुन्छ भन्ने मनस्थितिमा रहेको र कतिपय अझै घट्ला कि भन्ने अन्योलताले पनि बजार स्थिर बनेको ब्रोकरहरुको बुझाइ छ । साथै यतिबेला स्थानीय निर्वाचनको माहोलले पनि धेरै जसो लगानीकर्ता त्यतातिर ब्यस्त रहेकाले पनि बजारमा असर परेको ब्रोकरहरु बताउँछन् ।

यो साता रू. ३ अर्ब ३६ करोड २५ लाख ३७ हजार बराबरको ७४ लाख ८१ ह्जार ४६२ कित्ता कम शेयर कारोबार भएको छ । गत साता रू. ८ अर्ब ५६ करोड ६१ लख ४१ हजार बराबरको २ करोड ५ लाख ५६ हजार ६५४ कित्ता धितोपत्र कारोबार भएको थियो ।

यो साता भने रू. ५ अर्ब २० करोड ३६ लाख ४ हजार बराबरको १ करोड ३० लाख ७५ हजार १९२ कित्ता धितोपत्र कारोबार भएको हो । औषतमा यो साता रू. १ अर्ब ३० करोडभन्दा बढीको धितोपत्र कारोबार भएको छ ।
 

यो साता जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाए 
यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरु घटेका छन् । जीवन बीमा समूहका लगानीकर्ताहरुले यो साता सर्वाधिक गुमाएका हुन् । गत साताको तुलनामा यो साता जीवन बीमा समूहको उपसूचक सर्वाधिक ८ दशमलव २९ प्रतिशत घटेको हो । 

योसँगै अन्य समूहको ८ दशमलव २३ प्रतिशत, वित्त समूहको ७ दशमलव ८९ प्रतिशत, निर्जीवन बीमाको ७ दशमलव ८१ प्रतिशत, व्यापारिकको ६ दशमलव ६२ प्रतिशत उपसूचक घटेको छ । 

त्यस्तै विकास बैंकको ५ दशमलव ४९ प्रतिशत, जलविद्युतको ५ दशमलव ३२ प्रतिशत, लगानीको ४ दशमलव ६७ प्रतिशत, लघुवित्तको ४ दशमलव ३२ प्रतिशत, उत्पादन तथा प्रशोधनको ३ दशमलव ६८ प्रतिशत, होटल तथा पर्यटनको ३ दशमलव २५ प्रतिशत, बैंकिङको २ दशमलव ९८ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ६५ प्रतिशत उपसूचक घटेको हो । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x