ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विराटनगरको मेयरमा नेपाली काँग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा(एमाले) की शिल्पा कार्की विजयी  

२०७९ जेठ, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ७, काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला विजयी भएका छन् । उनी प्रतिस्पर्धीउम्मेदवारभन्दा ८ हजार ७१५ मत बढी मत ल्याएर विजयी भएका हुन् । 
यसैगरी  उपमेयरमा नेकपा(एमाले) की शिल्पा कार्की विजयी भएकी छन् । उनी ११ हजार ४६१ मत अन्तरले विजयी भएकी हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार  मेयर पदमा नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरेका छन् ।। नेकपा(एमाले) का मेयर पदका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका थिए । त्यस्तै स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत प्राप्त गरेका छन् ।

उपमेयरमा शिल्पा कार्की २५ हजार ६८० मत सहित विजयी हुँदा जनता सामावादी पार्टीका उपमेयर पदका उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९ मत पाएका छन् । यसैगरी राप्रपा उम्मेदवार विन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत प्राप्त गरेकी छन् ।

यसअघि पनि २०७४ को स्थानीय निर्वाचनमा मेयरमा नेपाली कांग्रेसको तर्फबाट भीम पराजुली विजयी भएका थिए ।


 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x