ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

६८४ ओटा स्थानीय तहको मत परिणाम सार्वजनिक : नेपाली काँग्रेस अग्रस्थानमा

२०७९ जेठ, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ७, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तरगत हालसम्म ६८४ ओटा स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ ।

निर्वाचन आयोगका अनुसार शनिवार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७ जना जनप्रतिनिधि विजयी भएका छन् भने गाउँपालिकाको अध्यक्षमा ४४६ जना जनप्रतिनिधि विजयी भएका छन् ।  यी स्थानीय तहमा सबै वडाध्यक्षदेखि सदस्यसम्मका पदमा निर्वाचित भइसकेका छन् । 

 
कुल ७५३ स्थानीय तहमा निर्वाचन भएता पनि कतिपय स्थानमा अझै मतगणना जारी रहेको छ भने कतिपय स्थानको मतगणना नै गर्न बाँकी रहेको छ ।

निर्वाचन आयोगका अनुसार हालसम्मको मतपरिणाममा नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । नेपाली कांग्रेसले सबैभन्दा बढी एक महानगरसहित ११९ ओटा नगरपालिका र १८४ ओटा गाउँ पालिकाको प्रमुख पदमा विजय हासिल गरेको छ। 

यस्तै नेकपा (एमाले) ले ६५ ओटा नगर र १२०ओटा गाउँपालिकासहित १८५ ओटा पालिकामा प्रमुख पद जितेको छ। नेकपा (माओवादी केन्द्र) ले २१ ओटा नगरपालिका र ९६ ओटा गाउँपालिकासहित ११७ ओटा पालिकामा प्रमुख पद जितेको छ। यस्तै नेकपा (एकीकृत समाजवादी) ले एक उपमहानगरसहित १६ ओटा पालिकामा प्रमुख पद जितेको छ। 

जनता समाजवादी पार्टी(जसपा) ले २३ ओटा पालिकामा प्रमुख पद जित्दा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले १० ओटा पालिकामा प्रमुख पद जितेको छ। 
अन्य २६ ओटा पालिकामा अन्य राजनीतिक दलका उम्मेदवारले विजय हासिल गरेका छन्।      


त्यसैगरी नेकपा(एमाले) दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । 


 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x