ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बालेन्द्र साहले ल्याए ३३ हजारभन्दा बढी मत, केशव स्थापित र सिर्जना सिंहबीच ११३ मतान्तर

२०७९ जेठ, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

 जेठ ७, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले १५ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार शनिवार बिहानसम्ममा ९० हजार २९२ मत गणना भएको छ । उक्त मत गनेर सकिंदा बालेनले ३३ हजार २६० मत पाएका छन् ।
उनले नेकपा(एमाले) का उम्मेदवार केशव स्थापितभन्दा १५ हजार ५६८ मतले अग्रता लिएका छन् ।

उक्त पार्टीका उम्मेदवार केशव स्थापितले १७ हजार ६९२ पाएका छन् भने नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले १७ हजार ५७९ मत पाएकी छन् । नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा बालेन १५ हजार ६८१ मतले अगाडि छन् । दोस्रो स्थानमा रहेका केशव स्थापित सिंहभन्दा ११३ मतले अगाडि छन् ।

हालसम्म महानगरपाकिलकाको वडा नम्बर १, २, ३, ४, ५, २८, २९, ३० र ३२ को मतगणना भइसकेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x