जेठ ७, काठमाडौं । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् ।
निर्वाचन आयोगका अनुसार शनिवार बिहानसम्ममा उनले २२ हजार ५४१ मत प्राप्त गरेका छन् । त्यसैगरी उनका प्रतिस्पर्धी नेपालका कांग्रेसका नृपबहादुर वडले भने ११ हजार ५४४ मत प्राप्त गरेका छन् ।
निवर्तमान मेयरसमेत रहेका वड र स्वतन्त्र उम्मेदवार हमालबीच १० हजार ९९७ मतको अन्तर छ । त्यस्तै नेकपा(एमाले) का मेयर पदका उम्मेदवार रणबहादुर चन्दले ६ हजार ४२३ मत पाएका छन् । स्रोतका अनुसार अब करीब १२ हजार मत मात्र गणना गर्न बाँकी रहेको छ ।
यसैगरी सोही उपमहानगरपालिकाको उपमेयरमा भने मतगणनाको शुरुवाती समयदेखि नै नेकपा (एमाले) की कन्दकला रानाको अग्रता रहेको छ। उनले नेकपा(माओवादी केन्द्र) की उम्मेदवार शान्ति अधिकारी १७८ मतले पछि रहेकी छन् ।
हालसम्म ५१ हजार ६५ मत गणना भइसकेकोमा रानाले १० हजार ८८० मत प्राप्त पाएकी छन् भने अधिकारीले १० हजार ७०२ मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले भने ६ हजार मत पाएका छन् ।