ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच सम्झौता

२०७९ जेठ, ८  
बजार
Image Not Found

काठमाडौं (अस) । स्मार्टच्वाइस टेक्नोलोजिज र फर्स्ट पेबीच अन्तरआबद्धता सम्झौता गरिएको छ ।

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त दुई संस्थाले सञ्चालन गर्दै आएका स्मार्ट क्यूआर र फर्स्ट पे क्यूआरबीच अन्तरआबद्धता गर्न सम्झौता गरिएको हो । सम्झौतामा स्मार्टच्वाइस टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र फर्स्ट पेका प्रमुख कार्यकारी अधिकृत सौरभ रिजालले हस्ताक्षर गरे । नेपाल राष्ट्र बैंकद्वारा गत माघमा जारी परिपत्रका आधारमा सबै अनुमति प्राप्त भुक्तानी  प्रणाली सञ्चालक तथा भुक्तानी सेवा प्रदायकलाई अन्तर आबद्धताका लागि दिएको निर्देशन अनुसार सो सम्झौता गरिएको बताइएको छ । सो सम्झौतापछि भुक्तानी क्षेत्रको समग्र विकासमा थप मद्दत पुग्ने अपेक्षा कम्पनीले गरेको छ ।

साथै फर्स्ट पे क्यूआरको सुविधा लिएका विभिन्न व्यापार व्यवसायलाई स्मार्ट क्यूआरको नेटवर्क अन्तर्गत रहेको भुक्तानी सेवा प्रदायक वालेट तथा मोबाइल बैंकिङ एपमार्फत ग्राहकले भुक्तानी गर्न सक्ने दाबी कम्पनीले गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x