ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

२०% बोनस र एफपीओ निष्कासनको प्रस्ताव सहित किसान लघुवित्तले बोलायो साधारण सभा

२०७९ जेठ, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ८, काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २८ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले धनगढी, कैलालीमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २० प्रतिशत बोनस शेयरलाई समेत अन्तिम रुप दिनेछ ।

यस अघि कम्पनीले २५ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव गरेको थियो । राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले लाभांश प्रस्ताव संशोधन गरेको हो ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू. ३९ करोड २८ लाख ८ हजारको आधारमा उक्त बोनस शेयर वितरण गर्न लागेको हो । कम्पनीले थप सर्वसाधारणलाई शेयर निष्कासन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ ।

साथै अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले जेठ २० गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा जेठ १९ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x