ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भरतपुरमा एमालेले कमब्याक गर्न सक्ला ? मतगणना अन्तिममा पुग्दा रेणु झन्डै ८ हजार मतले अगाडि

२०७९ जेठ, ८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ८, काठमाडौं । भरतपुर महानगरको जारी मतगणनामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले करीब ८ हजार मतको अग्रता बनाएकी छन् ।

९२ हजार मतगणना सकिदा दाहालले ३६ हजार २७२ मत ल्याएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विजय सुवेदीले २८ हजार ४१८ मत मात्रै पाएका छन् । सुवेदी भन्दा दाहालले पाएको मत ७ हजार ८५४ बढी हो ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने १२ हजार मत कटाएका छन् । सत्ता गठबन्धनले भरतपुरको मेयर माओवादीलाई छोडेपछि असन्तुष्ट कांग्रेस कार्यकर्ताको तर्फबाट पौडेलले मेयरमा उम्मेदवारी दिएका थिए ।

उपमेयरमा भने चित्रसेन अधिकारीले करिब १८ हजारको अग्रता लिएका छन् । नेपाली कांग्रेसका उम्मेदवार अधिकारीले रुख चिन्हमा ३८ हजार ३८५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाएकी छन् ।

अहिले वडा नम्बर १९ र २० को मतगणना चलिरहेको छ । वडा नम्बर १८ सम्म मतगणना सकिएको छ । १९ मा एमाले र २० मा नेपाली कांग्रेसका उम्मेदवारले वडा अध्यक्षमा अग्रता लिएका छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x