ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

वैशाखमा वैदेशिक रोजगारीमा जान श्रम स्विकृति लिनेको संख्या घट्यो

२०७९ जेठ, ९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ९, काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या वैशाख महीनामा घटेको छ ।

चैत महीनाको तुलनामा यो महीनामा विश्वको विभिन्न देशमा रोजगारीको सिलसिलामा जाने नेपालीको संख्या १८ प्रतिशतले घटेको हो । 

चैत महीनामा वैदेशिक रोजगारीका लागि बाहिरिनेको संख्या ५५ हजार ५२३ रहेपनि वैशाख महीनामा विदेश जाने कामदारको संख्या ४५ हजार ४ जनामा सीमित रहेको वैदेशिक  रोजगार विभागले बताएको छ ।

यो संख्या महिला र पुरुष दुवैको घटेको तथ्याकंमा देखिन्छ । गत वर्षको वैशाखमा वैदेशिक रोजगारीमा जाने नेपालीहरूको संख्या २४ हजार ३६३ मात्रै रहेको थियो । गत वर्षको वैशाखमा कोभिड महामारीको तेस्रो लहरका कारण गरिएको बन्दाबन्दीले धेरै नेपालीहरू वैदेशिक रोजगारीमा जान पाएका थिएनन् । 

चालू आर्थिक वर्षको वैशाखमा खाडी मुलुक कतार र साउदी अरेबिया रोज्ने बराबर देखिएका छन् । वैशाखमा कतारका लागि अन्तिम श्रम स्वीकृति लिएका श्रमिकको संख्या ११ हजार ४१७ छन् भने साउदी अरेबिया १० हजार २५८ जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् ।

यसअघि चैतमा १५ हजार २०१ जना साउदी अरेबिया र १४ हजार ८६९ जना कतार गएका थिए । त्यस्तै चैतमा यूएई जानेको संख्या ११ हजार ८६५ भएपनि वैशाखमा घटेर ९ हजार २२१ मा झरेको छ ।

त्यस्तै, मलेशियाको रोजगारीमा समस्या आउँदा चैत महीनामा घटेको श्रम स्विकृतिको संख्या वैशाखमा भने बढेको छ । चैतमा मलेशिया जाने श्रमिक १ हजार ७९३ थिए भने वैशाखमा बढेर ४ हजार २ पुगेका छन् । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x