जेठ ९, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार बजार खुलेको दुई घण्टाको अवधिमा कारोबारमा आएका २१९ ओटा धितोपत्रमध्ये साना किसान विकास लघुवित्त वित्तीय संस्थाको धितोपत्र सर्वाधिक खरीदविक्री भएको छ ।
सो अवधिमा कम्पनीको रू.२ करोड २८ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ११२ दशमलव ३० मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३१ दशमलव ५३ अंक घटेर २ हजार २०३ दशमलव ५६ विन्दुमा पुगेको छ । त्यसैगरी उक्त अवधिसम्ममा कुल रू. ६० करोड ७३ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।