जेठ ९, काठमाडौं । लक्ष्मी म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ ।
फण्डले लक्ष्मी भ्यालु फण्ड - २ नामक नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउन लागेको हो । फण्ड सञ्चालन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा वैशाख २९ गते निवेदन दिएको छ ।
फण्डले प्रतिइकाई रू. १० का ८ करोड इकाई निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको हो । योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।