ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

शीर्ष पाम उत्पादक इन्डोनेशियाको प्रतिवन्धको असर : मेमा १० % ले घट्यो भारतको पाम तेल आयात

२०७९ असार, १  
अन्तरराष्ट्रिय
Image Not Found

असार १, नयाँदिल्ली (भारत) । गएको महीना भारतको पाम तेल आयातमा कमी आएको छ ।

अघिल्लो महीनाको तुलनामा पाम तेल आयात १० प्रतिशतले घटेको छ । शीर्ष पाम आयल उत्पादक देश इन्डोनेशियाले खाने तेल निर्यातमा लगाएको प्रतिबन्धका कारण आयात प्रभावित भएको हो ।

भारत विश्वको सबैभन्दा ठूलो वनस्पति तेल आयातकर्ता हो । भारतले मे महीनामा ५ लाख १४ हजार २२ टन पाम तेल आयात गरेको सोल्भेन्ट एक्सट्र्याक्टर्स एशोसिएशन (सी) ले बताएको छ । अप्रिलमा तेल आयात ५ लाख ७२ हजार ५०८ टन थियो । 

घरेलु स्तरमा खाने तेलको मूल्य वृद्धि नियन्त्रण गर्न इन्डोनेशियाले अप्रिल २८ मा पाम तेलको निर्यातमा रोक लगाएको थियो । इन्डोनेशियाले मे २३ मा निर्यात सुचारु गर्ने अनुमति दिएको भएपनि घरेलु आपूर्ति सुनिश्चित गर्ने नीति अपनाएको छ । 

मे महीनामा भारतीय तेल प्रशोधनकर्ताहरुले मलेशिया, थाइल्यान्ड र पपुआ न्यूगिनीबाट थप पाम आयल ल्याएका थिए । तैपनि समग्रमा भने तेल आयात घटेको सिको भनाइ छ । इन्डोनेशियाले निर्यात अनुमति दिन थालेकोले जुनमा भने आयात ६ लाख टनमाथि उक्लिन सक्ने अनुमान डिलरहरुको छ । इन्डोनेशियाले यसअघि १० लाख टन रहेको पाम तेल प्रडक्टको निर्यातको अनुमति बढाएर २२ लाख ५० हजार टनमा उक्लिएको छ ।

गत महीना भारतको भट्मासको तेल आयात अघिल्लो महीनाको तुलनमा ३७ प्रतिशतले बढेर ३ लाख ७३ हजार ४३ टनमा उक्लिएको थियो । सूर्यमुखी तेलको आयात पनि दोब्बर भन्दा बढी हुँदै १ लाख १८ हजार ४८२ टनमा पुगेको छ । भारतले भट्मासको तेल अर्जेन्टिना र ब्राजिलबाट किन्ने गरेको छ । सूर्यमुखी तेल चाँहि युक्रेन र रुसबाट ल्याउने गरेको छ । एजेन्सी

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x