ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ग्रीन डेभलपमेन्ट बैंकको कामु सीईओमा हरि बहादुर बुढाथोकी 

२०७९ असार, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १, काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत(सीईओ) को जिम्मेवारी हरि बहादुर बुढाथोकीलाई दिएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत उमेश कुमार आचार्यको ४ वर्षे कार्यकाल जेठ ३१ गते समाप्त भएकाले अर्को व्यवस्था नभएसम्मको लागि वरिष्ठ प्रबन्धक बुढाथोकीलाई असार १ गतेदेखि लागू हनुे गरी कायम मुकायम सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

कम्पनीको जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सोही बैठकले कम्पनी सचिवमा भने वरिष्ठ अधिकृत सुशिल पौडेललाई असार १ गतेदेखि लागू हुने गरी नियुक्त गरेको छ । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x