ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

२०७९ असार, १  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार १, काठमाडौं । स्थानीय बजारमा गत आइतवारदेखि सुनको मूल्य लगातार घटिरहेको छ । आइतवारदेखि बुधवारसम्म आइपुग्दा सुनको मूल्य २ हजार ७०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतवार सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएकोमा सोमवार उक्त मूल्य ३०० रुपैयाँले घटेर ९८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

यस्तै, मंगलवार पनि सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर प्रतितोला ९७ हजार १०० रुपैयाँ कायम भएको थियो । त्यसैगरि, बुधवार पनि सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेर ९६ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तीन दिनदेखि घटिरहेको चाँदीको मूल्य यो दिन भने स्थिर रहेको छ । यो दिन चाँदीको मूल्य प्रतितोला १ हजार २४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा भने यो दिन सुनको मूल्य भने बढेको छ । बुधवार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ८१४ दशमलव ३० डलर पुगेको छ ।

त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्य पनि घटेको छ । बुधवार एक अमेरिकी डलरको विक्रीदर १२५ दशमलव शून्य८ रुपैयाँ रहेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको विक्रीदर १२५ दशमलव १६ रुपैयाँ रहेको थियो ।  

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x