ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सयपत्री हाइड्रोपावरले बिहीवारदेखि स्थानीयका लागि आईपीओ जारी गर्ने 

२०७९ असार, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १, काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडले असार २ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यको ३ लाख कित्ता आईपीओ स्थानीयको लागि निष्कासन गर्न लागेको हो ।

यो आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र बाग्लुङ्ग जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । 

छिटोमा असार १६ गतेसम्म विक्रीमा रहने यो आईपीओ सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार ३१ गतेसम्म विक्रीमा रहनेछ । आईपीओ खरीदका लागि प्रभु बैंकको ताराखोला र गल्कोट शाखा, ग्लोबल आइएमई बैंकको गल्कोट शाखा, कामना सेवा विकास बैंकको गल्कोट शाखा र एनआईबिएल एस क्यापिटल लिमिटेड, काठमाडौंबाट आवेदन दिन सकिने व्यवस्था छ ।

साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयहरू मार्फत पनि आवेदन दिन सकिने छ । कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म माग गर्न सक्नेछन् । कम्पनीको आईपीओलाई इक्रा नेपालले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी आईआर डबल बी प्लस रेटिङ प्रदान गरेको छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x