ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मर्जरको प्रस्ताव पारित गर्न हिमालयन र एभरेष्ट इन्स्योरेन्सको विशेष साधारण सभा बिहीवार हुँदै, स्वाप रेशियो १ : ०.८५

२०७९ असार, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १, काठमाडौं । मर्जर गर्ने विशेष प्रस्ताव पारित गर्न हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बिहीवार गर्ने भएका छन् ।

 हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारण सभा बिहान ११ बजे एयरपोर्ट होटल, काठमाडौंमा हुने जानकारी दिएको हो ।  

त्यसैगरी एभरेष्ट इन्स्योरेन्स कम्पनीले विषेश साधारण सभा बिहान ११ बजे अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा हुने जानकारी दिएको छ । दुवै कम्पनीले एकापसमा गाभ्ने गाभिने विशेष प्रस्ताव सभामार्फत अनुमोदन गर्नेछन्  । यी दुई कम्पनी १ : शून्य दशमलव ८५ अनुपातमा गाभिदै छन् ।  

जसअनुसार एभरेष्ट इन्स्योरेन्स कम्पनीको १०० कित्ता हुने शेयरधनीले मर्जरपछि हिमालयन जनरल इन्स्योरेन्सको ८५ कित्ता शेयर प्राप्त गर्नेछन् ।   विशेष साधारण सभाले दुवै कम्पनीको गाभ्ने / गभिने सम्बन्धि अन्तिम सम्झौतापत्र, सहमतिपत्र तथा अन्य सम्झौताहरु अनुमोदन गर्नेछ ।

साथै सभाले मर्जरपछि कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड रहने प्रस्ताव पनि अनुमोदन गर्नेछ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x