ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

४० लाख लगानीकर्ता सडकमा आइसके, शेयर बजारको सुधार गर्नैपर्छ : गगन थापा 

२०७९ असार, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले शेयर लगानीकर्ताले राखेको मागमा नेपाल धितोपत्र बोर्ड र नेप्सेले आवश्यक पहल गर्नुपर्ने बताएका छन् ।

४० लाख लगानीकर्ता अहिले सडकमा उत्रिएको भन्दै उनले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताएका हुन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै थापाले धितोपत्र बजारलाई कसैले पनि वेवास्ता गर्न नहुने बताए ।

‘साना लगानीकर्ताहरूको सुरक्षाका लागि धितोपत्र बोर्ड र नेप्सेले के काम गरिरहेका छन् ? त्यसको जवाफ चाहियो’, उनले भने, ‘४० लाख लगानीकर्ता सडकमा आउने बाध्यता कसरी भयो ? यसको पनि जबाफ चाहिन्छ । अर्थतन्त्रको ऐनाको रूपमा हेरिएको धितोपत्र बजारमा सबैको ध्यान जान जरुरत छ ।’ 

पछिल्लो समय नेप्से परिसूचक २ हजार विन्दुभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले चालेका कदमले धितोपत्र बजारमा प्रभाव पारेको भन्दै लगानीकर्ताहरू १९ बुँदे मागसहित अहिले आन्दोलनमा उत्रिएका छन् । 

 

U4TssAU03Lc is the repalced by NsUiYZ9JlpU

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x