ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बजार सुधारको माग राख्दै लगानीकर्ता तिलक कोइरालाले शुरु गरे आजदेखि अनसन

२०७९ असार, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १, काठमाडौं । शेयर बजार सुधारको माग राख्दै लगानीकर्ता तिलक कोइरालाले असार १ गतेदेखि आमरण अनसन शुरु गरेका छन् । 

उनी बुधवार बिहान ११ बजेदेखि नेपाल धितोपत्र बोर्ड बाहिर आमरण अनसन बसेका हुन् ।  मंगलवार बसेको लगानीकर्ताहरुको संयुक्त बैठकले पनि कोइरालालाई आमरण अनसनमा बस्न सहयोग गर्ने निर्णय गरेको थियो । 

माग पूरा नभएसम्म आमरण अनसन जारी रहने उनले सञ्चारकर्मीहरु समक्ष बताएका छन् ।

सरकारले साढे ३ वर्षअघि नै गरिसक्छु भनेका कामहरु पूरा नगर्दा अहिले पूँजीबजारमा गम्भिर संकट आएको भन्दै लगानीकर्ताहरुले १९ बुँदे मागसहित एक हप्ता अगाडिदेखि आन्दोलन गरिरहेका छन् । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x