ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

जंगल सफारी बन्द नगर्न चितवनका पर्यटन व्यवसायीद्वारा ध्यानाकर्षण 

२०७९ असार, १  
वाग्मती प्रदेश
Image Not Found
सांकेतिक तस्वीर
author avatar अभियान संवाददाता

असार १, चितवन । सौराहाका पर्यटन व्यवसायीले जंगल सफारी बन्द नगर्न चितवन राष्ट्रिय निकुञ्जको ध्यानाकर्षण गराएका छन् ।

निकुञ्जले वर्षा र जोखिमको कारण देखाई केही समयको लागि जंगल सफारी बन्द गर्ने सूचना प्रकाशित गरेकोमा उनीहरुले राष्ट्रिय निकुञ्जलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

विगत दुई वर्षदेखि कोभिड–१९ का कारण अस्तव्यस्त रहेको पर्यटन व्यवसाय उकासिने क्रममा रहेको अवस्थामा निकुञ्जले सरोकारवालालाई पूर्वसूचना बिना एक्कासि असार १ गतेदेखि निकुञ्जमा हुने सम्पूर्ण पर्यटकीय गतिविधि बन्द रहने सूचना प्रकाशित गरेकोमा सम्पूर्ण होटल व्यवसायी तथा पर्यटनसँग सम्बन्धित संघसंस्थाहरुले ध्यानाकर्षण गराएका हुन् ।

क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराई, क्षेत्रीय रेवान संघका अध्यक्ष नरेश गिरी, युनाइटेड हात्ती सहकारी संस्था लिमिटेडका अध्यक्ष ऋषि तिवारी, नेचर गाइड एशोसिएशनका अध्यक्ष राजेन्द्र धामी, निकुञ्ज जिप सफारीका अध्यक्ष गोपाल श्रेष्ठले उक्त निर्णय अबिलम्ब फिर्ता गर्न माग गरेका छन् । 

त्यसैगरी रोयल जिप सफारीका अध्यक्ष त्रैलोक्य चित्रकार, बर्ड एजुकेसन सोसाइटीका अध्यक्ष रमेश चौधरी, नेपाल वाइल्डलाइफ फोटोग्राफी संघका अध्यक्ष लोजिक कृष्ण सागर र साना पर्यटन व्यवसायी समूहका अध्यक्ष ठाकुरमान श्रेष्ठद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा कोभिड–१९ ले थला परेको व्यवसायलाई मर्माहत हुनेगरी प्रकाशित उक्त निर्णय अबिलम्ब फिर्ता गर्न माग गरिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x