ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

अष्ट्रेलियामा न्युनतम पारिश्रमिक ५.२ % ले वृद्धि    

२०७९ असार, १  
अन्तरराष्ट्रिय
Image Not Found

 असार १, क्यानबेरा(अष्ट्रेलिया) । अष्ट्रेलियामा कार्यरत कामदारहरुको न्युनतम पारिश्रमिक ५ दशमलव २ प्रतिशतले वृद्धि गरिएको छ ।

विभिन्न उपाभोग्य वस्तुहरुको मूल्य वृद्धि भएको भन्दै सरकारले कामदारहरुको सेवा सुविधामा पनि वृद्धि गर्न न्युनतम पारिश्रमिक वृद्धि गरेको हो ।     
     
स्वतन्त्र कार्य आयोग (एफडब्लूसी) ले बुधवार घोषणा गरेको न्युनतम पारिश्रमिकअनुसार अष्ट्रेलियामा कार्यरत मजदूरहरुको अबको न्युनतम पारिश्रमिक २१ दशमलव ३८ अष्ट्रेलियन डलर हुने छ । यसअघि न्युनतम पारिश्रमिक २० दशमलव ३३ अष्ट्रेलियन डलर थियो ।     
     
हरेक मजदूरले हप्तामा ४० अष्ट्रेलियन डलर थप कमाउन सक्ने पनि आयोगका अधिकारीहरुले जानकारी दिएका छन् । आयोगको यस निर्णयले अष्ट्रेलियाका झण्डै २७ लाख कामदारलाई प्रभावित पार्ने भएको छ। प्रधानमन्त्री एन्थोनी अल्बानीले यसअघि नै कम्तीमा ५ दशमलव १ प्रतिशत पारिश्रमिक वृद्धि गर्न आग्रह गरेका थिए ।
     
तर विभिन्न कर्मचारी संगठनहरुले भने कम्तीमा ५ दशमलव ५ प्रतिशत पारिश्रमिक वृद्धि गर्नुपर्ने माग गर्दै आएका थिए । सरकारी पक्ष र कामदार पक्ष दुबैको मागको बीचमा रहेर ५ दशमलव २ प्रतिशत वृद्धि गर्ने निर्णय आयोगले गरेको हो ।     
     
आयोगका अध्यक्ष आइन रोसले तल्लो तहका कर्मचारीहरुले आफूहरुको पारिश्रमिक अति न्युन भएकाले दैनिकी चलाउनै गाह्रो भएकाले जतिसक्दो धेरै बढाउन दबाव दिने गरेको बताएका छन् । रासस / सिन्ह्वा

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x