असार १, काठमाडौं । एनएमबि म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ ।
फण्डले एनएमबि हाईब्रिड फण्ड एल - २ नामक नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउन लागेको हो । फण्ड सञ्चालन गर्नका लागि उक्त योजनाले नियामक निकाय नेपाल धितोपत्रबोर्डमा गत जेठ १३ गते निवेदन दिएको छ । फण्डले प्रतिइकाई रू.१० को १२ करोड इकाई निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
योजना व्यवस्थापकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।