ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल लाइफ इन्स्योरेन्सले माग्यो विभिन्न पदमा कर्मचारी

२०७९ असार, १  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार १, काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले विभिन्न पदहरूमा गतिशील, युवा, समर्पित र योग्य उम्मेदवारहरूबाट आवेदन माग गरेको हो । कम्पनीले वरिष्ठ अधिकारी तथा सहायक प्रबन्धक १ जना, वरिष्ठ सहायक तथा कनिष्ठ अधिकारी २ जना, अनुपालन तथा जोखिम इकाईका लागि केहि मात्रामा कर्मचारी माग गरेको हो ।

 ती पदका लागि आवेदन दिन चाहने योग्य व्यक्तिले अनलाइन फारम भर्नुपर्ने र सम्बन्धित कागजातहरू (स्क्यान गरिएको प्रतिलिपि) संलग्न गर्नुपर्ने छ  । इच्छुक व्यक्तिले कम्पनीको मानव संशाधन विभाग, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, कर्पोरेट कार्यालय ( क्लासिक कम्प्लेक्स, कमलादी) मा कागजातहरू भौतिक रूपमा छोड्नु पर्नेछ ।

आवेदकले सूचना प्रकाशित भएको मितिले १० दिनभित्रमा आवेदन दिन सक्नेछन् ।


 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x