काठमाडौंको कमलपोखरीस्थित लोक सेवा आयोगको नवनिर्मित भवन ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजना कार्यान्वयन इकाइमार्फत ७२ करोड २३ लाख रुपैयाँ लागतमा आयोगको नयाँ भवन निर्माण गरिएको हो।
नयाँ भवन अन्डरग्राउण्डसहित ८ तलाको छ । अन्डरग्राउण्ड मात्रै दुई तलाको छ । भूकम्प प्रतितिरोधी सो भवनले १ हजार २०२ दशमलव ४८ वर्गमिटर क्षेत्रफल ओगटेको छ ।
मूल भवनमा अध्यक्ष र सदस्यहरुको कार्यकक्ष, पुस्तकालय, अडिटोरियम हल लगायत छन् । ६० ओटा कार र १०० ओटा मोटरसाइकल अट्ने क्षमताको पार्किङस्थल छ । कार्यालय परिसरमा मूल भवनबाहेक सुरक्षाकर्मी र क्यान्टिन ब्लक छुट्टै निर्माण गरिएको छ । तस्वीर : रासस