ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

घटेको बजारमा मुक्तिनाथ विकासको शेयर किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् आधारभूत तथा प्राविधिक विश्लेषण :

२०७९ असार, १  
लगानी कम्पनी विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार १, काठमाडौं । विकास बैंक मध्येकै सबैभन्दा बढी चुक्तापूँजी भएको मुक्तिनाथ विकास बैंक हो । कम्पनीको चुक्तापूँजी रू. ५ अर्ब ६५ करोड रहेको छ । 

कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १ अर्ब २ करोड भन्दा बढी नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. १ अर्ब ५६ लाख नाफा कमाएको थियो । चालू आवमा कम्पनीले जगेडामा रू. १ अर्ब ५६ करोड र रिटेण्ड अर्निङमा रू. ५५ करोड ३४ लाख सञ्चित गरेको छ । 

हाल कम्पनीले १७२ शाखा कार्यालयहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रद्युमन पोखरेल रहेका छन् भने अध्यक्षमा भरत राज ढकाल रहेका छन् । 

कम्पनीले आव २०७७/७८ सम्मको मुनाफबाट शेयरधनीलाई १७ दशमलव ५७ प्रतिशत बोनस शेयर र शून्य दशमलव ९२५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको हो । कम्पनीको बोनस शेयर सूचीकृत भइसकेको छ । 

कम्पनीले पाँच आवमा शेयरधनीलाई वितरण गरेको लाभांश टेबलमा देखाइएको छ । उक्त टेबलका अनुसार कम्पनीले २०७३/७४ मा शेयरधनीलाई सबैभन्दा बढी २० प्रतिशत बोनस शेयर वितरण गरेको हो । 

बुधवार कम्पनीकोे शेयर मूल्य प्रतिकित्ता रू. ४२० मा झरेको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ रुपैयाँ ४० पैसा घटेको हो । बुधवार शेयरमूल्य एक वर्षयताकै न्यून विन्दुमा झरेको हो । २०२१ जुन १४ मा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ७१९ थियो  । यसरी हेर्दा कम्पनीको शेयरमूल्य एक वर्षमा ४१ प्रतिशत घटिसकेको छ । 

बुलिस मार्केटमा ३ हजार २०० मा पुग्दा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८०९ सम्म पुगेको थियो ।  

५ वर्षको लाभांश इतिहास :

कम्पनीको ५ आवको वित्तीय स्थिति रकम (रू. हजारमा) :


 

कम्पनीको ५ आवको नाफाको ट्रेण्ड : 


 

प्राविधिक विश्लेषण :

मैनबत्ती चित्र  :

                     मार्च १६ २०२२                                                                                         १५  जुन २०२२

५९ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो पुच्छर भएको कालो मैनबत्ती आकृती बनेको छ । यस्तो आकृतीले कम्पनीका शेयरमूल्य घट्ने संकेत गर्छ । यद्धपि कम्पनीको शेयरमूल्य एक वर्षयताकै न्यून विन्दुमा झरेको छ । सोही कारण अब कम्पनीको शेयरमा विस्तारै खरीदकर्ता आउने सम्भावना पनि देखिन्छ । 

आरएसआई :

               मार्च १६ २०२२                                                                                         १५  जुन २०२२

५८  दिनको कारोबार अवधिमा आरएसआई ३० दशमलव ७९ विन्दुमा रहेको छ । यो ओभरसोल्ड जोनमा रहेको छ । यस्तो अवस्थामा विक्री चाप रहेको देखिन्छ । 
स्ट्याण्डर्ड डेभिएशन :

           मार्च १६ २०२२                                                                                         १५  जुन २०२२

स्ट्याण्डर्ड डेभिएशन ७ दशमलव १४ विन्दुमा रहेको छ । यस्तो अवस्थामा उतारचढाव न्यून रहेको देखाउँछ । कम जोखिमयुक्त र पूर्वानुमान गर्न सजिलो हुन्छ । लाभ पनि न्यून हुन सक्छ । 

मुभिङ एभरेज :

            मार्च १६ २०२२                                                                                         १५  जुन २०२२

हालको शेयरमूल्य ७ दिने र १४ दिने एक आपसमा नजिकिन खोजेका छन् । यी दुई रेखाभन्दा हालको शेयरमूल्य तल रहेको छ । यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयरमूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । बुधवारको शेयरमूल्य प्रतिकित्ता रू. ४२० महँगिएमा रू. ४४५ मा प्रतिरोध पाउने देखिन्छ । 

(यद्धपि हामीले उपलब्ध तथ्यांकको अधारमा गरेको विश्लेषण आफैमा पूर्ण होइन, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको समग्र आधारभूत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक रहेको छ ।)
 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x