ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

विमानस्थल बनाउने वातावरण मिलाउन मुख्यमन्त्रीलाई ज्ञापन पत्र 

२०७९ असार, १  
मधेश प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

असार १, बारा । बाराको निजगढ विमानस्थल निर्माणको वातावरण बनाइदिन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग सरोकार समितिले आग्रह गरेको छ । 

निजगढ सार्वजनिक सरोकार समिति तथा स्वतन्त्र युवा तथा विद्यार्थी सरोकार समितिले मुख्यमन्त्री राउतलाई भेटेर ज्ञापनपत्र बुझाउँदै उक्त आग्रह गरेको हो । 

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री राउतले विमानस्थल निर्माणका लागि मधेश प्रदेशबाट पूर्ण सहयोग हुने बताए । विमानस्थल निर्माण भए मधेशको आर्थिक, पर्यटन र विकासको मेरुदण्ड हुने उनको भनाइ छ । 

निजगढ सरोकार समिति संयोजक एकबहादुर श्रेष्ठले विमानस्थल निर्माणको सुनिश्चितता नभए आन्दोलन गर्ने बताए । वातावरणीय सन्तुलन कायम गर्दै विमानस्थललाई ‘ग्रिन एयरपोर्ट’ बनाउने चाहना रहेकाले विमानस्थल निर्माणमा पहल गरिदिन उनले सबै दल र पक्षलाई आग्रह गरे । 

यसअघि नै सरोकार समितिले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पर्यटनमन्त्री प्रेमबहादुर आले, अर्थमन्त्री जनार्दन शर्मा, वनमन्त्री रामसहाय प्रसाद यादव, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर तथा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो लगायतलाई ज्ञापनपत्र बुझाइ सकेको छ । 

सर्वोच्च अदालतको आदेशपछि निजगढ विमानस्थल निर्माण कार्य प्रभावित भएको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x