ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बागमती प्रदेशको आगामी बजेट : ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँ[पूर्णपाठ]

२०७९ असार, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार १, हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०७९/ ०८० का लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । 

प्रदेश सभाको बुधवारको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री शाकिराम जम्मकट्टेलले चालूतर्फ कुल बजेटको २७ प्रतिशत अर्थात् १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ, पूँजीगततर्फ ५८ प्रतिशत अर्थात् ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ११ दशमलव ७७ प्रतिशत अर्थात् ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ र वित्तीय व्यवस्थातर्फ २ दशमलव ८१ प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए । 

प्रदेश सरकारले खर्च बेहोर्ने स्रोततर्फ कर तथा राजस्वबाट २७ अर्ब ९७ करोड ११ लाख, अन्य राजस्वबाट ६ अर्ब २२ करोड ४४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट २१ अर्ब ६ करोड ८७ लाख, प्रदेश सञ्चिती कोषबाट १६ अर्ब ६७ करोड ५० लाख रुपैयाँ अनुमान गरेको मन्त्री जम्कट्टेलले बताएका छन् ।

उनले आगामी आर्थिक वर्षका लागि पेश गरेको यो बजेट चालू आर्थिक वर्षकोभन्दा करीब १३ अर्ब रुपैयाँ बढी हो । चालू आर्थिक वर्षमा प्रदेश सरकारको कुल बजेट ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ रहेको छ ।
 

हेरौं पूर्णपाठ :

 

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x