असार १, पोखरा । गण्डकी प्रदेश सरकारले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधवार प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेश सभा बैठकमा ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् । अर्थमन्त्री बरालले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, उद्योग लगायतलाई प्राथमिकता दिंदै आगामी आर्थिक वर्ष २०७९/ ०८० को अनुमानित बजेट प्रदेशसभा समक्ष पेश गरेका हुन ।
अर्थमन्त्री बरालले पेश गरेको अनुमानित बजेट अनुसार आगामी आर्थिक वर्षमा पूँजीगत खर्चतर्फ २२ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी चालूतर्फ १३ खर्ब २६ करोड खर्च हुने अनुमान रहेको छ । बजेटबाट २ अर्ब रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण हुनेछ ।
कुल बजेटमध्ये ८८ करोड २५ लाख रुपैयाँ प्रदेशलाई व्ययभार पर्ने अनुमान गरिएको छ ।
बजेट चालू आर्थिक वर्षको भन्दा करीब ६ अर्ब रुपैयाँ बढी रहेको छ । गत आर्थिक वर्षमा सरकारले ३० अर्बको बजेट ल्याएको थियो ।
हेर्नुस पूर्णपाठ :