असार १, काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/ ८० का लागि ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
बुधवार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री प्रकाश रावलले अगामी आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्दै ३६ अर्ब ७४ करोड रुपैयाँ बराबरको विनियोजन गरेको बताए ।
उनले आगामी आवका लागि चालू खर्चतर्फ कुल विनियोजित बजेटको ३३ दशमलव ४६ प्रतिशत हुनेगरि १२ अर्ब २९ करोड रुपैयाँ र पूँजीगत खर्चतर्फ २४ अर्ब १४ करोड ४७ लाख रुपैयाँ विनियोजन गरिएको बताए ।
पूँजीगततर्फ कुल विनियोजित बजेटको ६५ दशमलव ७४ प्रतिशत छुट्याइएको छ । यसैगरी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षका लागि आन्तरिक राजस्वबाट २ अर्ब, चालू आर्थिक वर्षमा खर्चबाट बचत हुने अनुमानित रकम ७ अर्ब रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँट वापत प्राप्त हुन आएको रकम ९ अर्ब ६० करोड रुपैयाँ, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब २० करोड रुपैयाँ, स : शर्त अनुदानबाट ६ अर्ब रुपैयाँ र संघीय रोयल्टीबाट ४ करोड २८ लाख रुपैयाँ परिचालन गरिने पनि उनले बताए ।
हेर्नुस् पूर्णपाठ :