ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

राष्ट्रिय भू—उपयोग नीति चैतसम्ममा

२०७९ असार, २  
१० वर्ष अघि
NA

आगामी चैतसम्ममा राष्ट्रिय भूउपयोग नीति आउने भएको छ । नीतिको आधारपत्र तयार हुनुका साथै एक चरणको छलफल समेत भइसकेको भूमिसुधार मन्त्रालयका सहसचिव कलानिधि पौडेलले बताए ।

प्राकृतिक स्रोत साधन सम्बन्धी संसदीय समितिले निर्देशन दिएपछि नीति निर्माणको काम शुरू भएको हो । यो भूमिसम्बन्धी सरकारको आधिकारिक नीति हो । भू–उपयोग नीति ज्यादै जटिल हुने भएकाले गहन गृहकार्य भइरहेको पौडेलको भनाइ छ । यसलाई प्रभावकारी बनाउन विश्वका १५ देखि २० ओटा मुलुकको भूपरिचालनसम्बन्धी व्यवस्थाको अध्ययन गर्न लागिएको उनले बताए ।, ‘जुन देशको नीति उत्कृष्ट छ त्यसैको आधारमा नेपालको नीति बनाइनेछ,’ पौडेलले भने । यसका लागि समितिसमेत बनिसकेको छ । जमिनलाई उपभोगका आधारमा वर्गीकरण गर्न लागेको पौडेलले बताए । यो नीतिले कृषिक्षेत्र, वनक्षेत्र, चरण क्षेत्र, बसोबास क्षेत्र, शहरी विकास र औद्योगिक उपयोग गरी ६ वर्गमा वर्गीकरण गर्नेछ । नीतिले जमिनको उपयोगको आधारमा कर प्रणाली लागू गर्ने उद्देश्य लिएको पौडेलले जानकारी दिए । यो नीतिमा खाली जग्गामा सामुदायिक वन विकास गर्ने, कृषियोग्य जग्गालाई अन्य प्रयोजनमा उपयोग गर्न नपाइने व्यवस्था गर्न लागिएको छ । पहाडमा पनि एकीकृत र संगठित बसोवासको व्यवस्था मिलाउन लागिएको बताइएको छ । नेपालमा भएका भूमिसम्बन्धी सम्पूर्ण समस्यालाई आगामी १५ वर्षमा समाधान गर्ने नीतिको उद्देश्य रहेको पौडेलले बताए ।

वर्ष ६ अंक १, शुक्रवार १८ भदौ, २०६७

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x