काठमाडौं (अस) । नेपालका लागि फक्सवागन गाडीको आधिकारिक विक्रेता पूजा इन्टरनेसनल नेपालले नक्सालमा फक्सवागनको जर्मन स्ट्याण्डर्डको फ्ल्यागशिप शोरूम खोलेको छ । कम्पनीले ग्राहकको मागअनुसार नक्सालमा अत्याधुनिक सुविधासम्पन्न शोरूम सञ्चालनमा ल्याइएको बताएको छ ।
नेपालका लागि जर्मनीका राजदूत थोमस प्रिन्ज, मालीगाउँ प्रहरी चौकीका प्रहरी नायब उपरीक्षक मीनबहादुर कुँवर, विशाल ग्रूपका प्रबन्ध निर्देशक विशाल अग्रवाललगायतको उपस्थितिमा उक्त शोरूमको उद्घाटन गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । ‘नक्सालमा जर्मनीको जस्तै अत्याधुनिक सुविधासम्पन्न शोरूम खोल्न पाउँदा निकै खुशी छौं,’ पूजा इन्टरनेसनल नेपालका प्रमुख कार्यकारी अधिृकत विवेक विजुक्छेले भने, ‘शोरूमले ग्राहकलाई फक्सवागनको गाडी खरीद गर्न अझ सजिलो बनाउनेछ ।’
नयाँ शोरूम खोलेको अवसरमा कम्पनीले आगामी दुई सातासम्म उक्त शोरूमबाट गाडी बुकिङ गर्ने ग्राहकका लागि आकर्षक अफर पनि ल्याएको उनले बताए । यो शोरूमबाट आगामी दुई सातासम्म गाडी बुकिङ गर्ने ग्राहकले ४ वर्षसम्म फ्री सर्भिसिङ र फ्री कन्ज्युमेबल पाउने बताइएको छ । पूजा इन्टरनेसनलले १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडी विक्री गर्दै आएको छ । नेपालमा फक्सवागनका १० भन्दा बढी शोरूम र ९ ओटा सर्भिस सेन्टर सञ्चालनमा छन् ।