काठमाडौं (अस) । कनेक्ट आइपीएसको ‘इलेक्ट्रिफाइङ अफर’ सार्वजनिक गरिएको छ । असार १ देखि शुरू भएको यो योजना असार मसान्तसम्म कायम रहनेछ । अफर अनुसार बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्ट आइपीएसमा आबद्ध हुँदा विद्युतीय स्कुटर पाउन सक्नेछन् । ग्राहकले कनेक्ट आइपीएसमा अनलाइन रजिष्टर गरी रजिष्टर गरिएको मोबाइल नम्बर भेरिफाई गराउँदा सोही मोबाइल नम्बरमा रू. ५० को रिचार्ज पाउन सक्नेछन् ।
त्यस्तै ग्राहकले इमेल भेरिफाइ गराउँदा समेत सो बराबरको रिचार्ज पाउने कम्पनीले जानकारी दिएको छ । तीमध्ये लक्की ड्रमार्फत एकजना भाग्यशाली विजेताले विद्युतीय स्कुटर पाउन सक्ने कम्पनीको भनाइ छ । ग्राहकले कनेक्ट आइपीएसको वेबसाइट तथा मोबाइल एपमार्फत रजिष्टर गर्न सक्ने बताइएको छ ।