काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेसनलले वेबसाइटमार्फत वित्तीय सेवा दिने भएको छ । बैंकले ग्राहकको समयलाई ध्यानमा राख्दै सहजताका लागि वेबसाइटमार्फत सेवा उपलब्ध गराउने भएको हो । पहिलो चरणमा ग्राहकले विभिन्न सेवाका लागि वेबसाइटमार्फत निवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । ‘प्रारम्भिक रूपमा ग्राहकले बैंकमा नगई डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्यूआर कोड लगायत सेवाका लागि अनलाइनमार्फत नै निवेदन दिन सक्ने व्यवस्था गरिएको छ,’ बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।