असार २, काठमाडौ ।पोखरामा अल्ट्रालाइट उडान र प्याराग्लाइडिङ सञ्चालन गर्दै आएको एभिया क्लब नेपालले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
क्लबले अल्ट्रालाइट पाइलटहरू ४ जना, प्याराग्लाइडिङ पाइलटहरू ६ जना, विमान मोडलिङ १ जना गरी जम्मा ११ जना कर्मचारी माग गरेको हो ।
अल्ट्रालाइट पाइलट पदका लागि अल्ट्रालाइट पाइलट लाइसेन्स र १५० उडान घण्टाको न्यूनतम अनुभव हुनुपर्नेछ। प्याराग्लाइडिङ पाइलटको लागि आईपी रेटिङको साथ मान्य प्याराग्लाइडिङ पाइलट लाइसेन्स (टान्डेम) र न्यूनतम ५०० उडान घण्टाको अनुभव हुनुपर्ने र विमान मोडलिङ इलेक्ट्रोनिक र इलेक्ट्रिकल विमान मोडेलिङमा न्यूनतम २ वर्ष अनुभव हुनुपर्ने कम्पनिले जानाएको छ ।
इच्छुक नेपाली नागरिकहरूले कम्पनीको मेल ठेगानामा १५ दिन भित्र पठाउन सक्ने कम्पनीले जनएको छ ।