असार २, काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच मर्जरको भएको छ । दुई बैंकबीच बिहीवार बिहान मर्जर सम्झौता भएको हो । स्रोतका अनुसार यी दुई बैंकहरूबीच १ बराबर १ को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रारम्भिक सम्झौता भएको छ ।
मर्जपछि व्यवस्थापन र सञ्चालकहरूमा ग्लोबल आइएमईको बहुमत हुने स्रोतको दाबी छ । बैंकको प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य हुनेछन् भने अध्यक्ष चन्द्र ढकाल नै रहने बताइएको छ ।
हाल ग्लोबल आइएमई बैंकको चुक्तापूँजी रू. २३ अर्ब ७९ करोड ५७ लाख ५३ हजार रहेको छ भने बैंक अफ काठमाण्डूको रू. १० अर्ब ६२ करोड ३९ लाख ९४ हजार छ । यी दुई बैंक एक भएपछि चुक्तापूँजी रू. ३४ अर्ब ४१ करोड ९७ लाख ४७ हजार पुग्नेछ ।