ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ज्ञान र सीप अनुसार अभ्यास गर्ने हो भने सीएले सोसियल अडिट पनि गर्नुपर्छ : प्रचण्डध्वज कार्की

२०७९ असार, २  
विविध
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालका लागि चार्टर्ड एकाउन्टेन्सी पेशा त्यति पुरानो होइन । यद्यपि विश्वमा भने यसको अभ्यास निकै वर्ष अघिदेखि हुँदै आएको छ ।  पछिल्लो समय नेपालमा पनि यो पेशाप्रति युवाको आकर्षण बढ्न थालेको छ । विभिन्न अवसर र सम्भावना भएकाले यसको अध्ययन गर्ने क्रम बढ्दो छ ।

खासगरी आर्थिक शुद्धताका लागि काम गर्ने भएकाले पनि समाजमा चार्टर्ड एकाउन्टेन्ट (सीए)हरूप्रतिको धारणा सकारात्मक रूपमा रहँदै आएको छ । साथै बैंक तथा वित्तीय संस्था र ठूल्ठूला कम्पनीहरूको रोजाइमा सीए पर्न थालेकाले पनि चार्टर्ड एकाउन्टेन्सीप्रति युवाको आकर्षण बढेको हो ।

चार्टर्ड एकाउन्टेन्सी अध्ययन–अध्यापन तथा यस क्षेत्रमा जनशक्ति बढ्दै गर्दा सीए प्रचण्डध्वज कार्की भने नेपाली समाजले सीएलाई फाइनान्सियल अडिट गर्ने भनेर बुझ्ने गरे पनि सोसल अडिटको काम अझै हुन नसकेको बताउँछन् । उनले नेपालको हकमा सीएले प्राप्त गरेको ज्ञान र शीप अनुसार अभ्यास समेत हुन नसकेको गुनासो गरे ।

असार ११ गते हुने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिएका कार्कीले नेपालमा सीएको गरिमालाई अझै उँचो राख्न सरकारी निकायमा राम्रो उपस्थिति बढाउन आवश्यक रहेको अभियानलाई बताए । सीएहरूले पेशागत हितका लागि काम गर्न जरुरी रहेको उनको भनाइ छ । ‘यो पेशा राज्य र समाजको अंग हो भन्ने समाजले बुझ्नेगरी काम हुनुपर्छ, म त्यसप्रति प्रतिबद्ध छु,’ उनले भने ।

नेपालमा सीएको भविष्य राम्रो रहेको भन्दै उनले सिंगलदेखि बिग कर्पोरेट र स्मल इन्डिभिजुअलदेखि बिग इन्डिभिजुअल कर्पोरेटसम्म सीएको आवश्यकता पर्ने गरेको बताए । ‘मेडिकल वा इन्जिनीयरिङ अध्ययन गरेकाको फिल्ड आफ्नै हुन्छ,’ उनले भने, ‘तर सीएको काम हरेक क्षेत्रमा जोडिने भएकाले भविष्य राम्रो हुँदै गएको छ ।’

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x