ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

असार १० गतेदेखि ५ अर्ब बराबरको ऋणपत्र विक्री गर्दै सानिमा बैंक

२०७९ असार, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार २, काठमाडौं । सानिमा बैंक लिमिटेडले असार १० गतेदेखि १० वर्षे अवधिको ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर रहेको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ नाममको ऋणपत्र निष्कासन गर्न लागेको हो । 

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू। ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात् रू. २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बैंक आफैले व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

सर्वसाधारणका लागि छुट्याएको मध्यबाट ५ प्रतिशत सामूहिक लगानीकोषका लागि विक्रीको आह्वान गर्दा कुनै पनि आवेदन नपरेको जानकारी बैंकले दिएको छ । यो ऋणपत्र खरीदका लागि छिटोमा असार १४ गतेसम्ममा विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २४ गतेसम्म विक्री गरिने मिति तय भएको छ । सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने व्यवस्था छ । 

यो ऋणपत्र निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै, मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने विक्री प्रबन्धकको भनाइ छ ।

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस रेटिङ्ग प्रदान गरेको छ । 

ऋणपत्र निष्कासनको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x