ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

असार १० गतेदेखि १०.७५% ब्याजदरको ऋणपत्र निष्कासन गर्दै सिद्धार्थ बैंक

२०७९ असार, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार २, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले वार्षिक १० दशमलव ७५ प्रतिशत ब्याजदरमा ऋणपत्र असार १० गतेदेखि निष्कासन गर्ने भएको छ । बैंकले १० वर्षे अवधिको ‘एसबिएल डिबेन्चर २०८९’ निष्कासन गर्न लागेको हो ।

बैंकले प्रतिकित्ता रू. १ हजार अंकित दरका रू. ४ अर्ब बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । कुल कित्ता ऋणपत्रमध्ये ४० प्रतिशत अर्थात रू. १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ भने बाँकी ६० प्रतिशत अर्थात रू. २ अर्ब ४० करोड बराबरको २४ लाख कित्ता बैंक आफैले व्यक्तिगत तवरबाट विक्री गर्नेछ । सर्वसाधारणका लागि विक्री गरिने ऋणपत्रमध्ये ८० हजार कित्ता भने सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

यो ऋणपत्र खरीदका लागि छिटोमा असार १४ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिसम्ममा माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा असार २४ गतेसम्मको मिति तय भएको छ । 

न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्दै आवेदन दिन सकिने यो ऋणपत्र विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ । 

ऋणपत्र निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई वित्तीय दायित्व समयमानै पूरा गर्न सक्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ त्रिपल बी प्लस रेटिङ प्रदान गरेको छ । 

ऋणपत्र निष्कासनको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x