ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर लिलामीमा विक्री 

२०७९ असार, २  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार २, काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आज अर्थात् बिहीवारदेखि संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको छ । 

कम्पनीले ५ लाख ३८ हजार ९६५ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो । 

इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही ब्याक्ति, कम्पनी, संघ संस्थाहरुले असार ८ गते कार्यालय समय सम्म शेयर खरीदका लागि आवेदन दिन सक्नेछन् । 

उक्त शेयरको मूल्य न्यूनतम रू. ३५० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नु पर्नेछ । 

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

लिलामी शेयरको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x