असार २, काठमाडौं । असार महीनादेखि शुक्रवार पनि शेयर बजार खुला हुने भएको छ । शुक्रवार बजार खुलेसँगै धितोपत्र दोस्रो बजार ६ कारोबार दिन हुने भएको छ ।
नेप्सेको जेठ २५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार असार १ गतेबाट आइतवारदेखि बिहीवारसम्म ११ बजेदेखि ३ बजेसम्म र शुक्रवार ११ बजेदेखि १ बजेसम्म बजार खुल्ने निर्णय भएको जानकारी गराएको छ ।
यस आधारमा सार्वजनिक बिदाको दिन र शनिवार बाहेक बजार खुला हुनेछ । सरकारले जेठ १ गतेदेखि आइतवार पनि सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
त्यसपछि बजार जेठ १ गतेपछि सोमवारदेखि शुक्रवारसम्म सञ्चालन हुँदै आएको थियो । आइतवारको सार्वजनिक हटेसँगै नेप्सेले आइतवारदेखि शुक्रवारसम्म नै बजार खुला गर्ने निर्णय गरेको हो ।