असार २, काठमाडौं । बुक विल्डिङ विधिमार्फत आईपीओको मूल्य निर्धारणमा सहभागी हुने योग्य संस्थागत लगानीकर्ताहरू नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुनुपर्ने भएको छ ।
नेप्सेले बिहीवार सूचना जारी गर्दै १० दिनभित्र आवश्यक कागजात सहित निवेदन पेश गर्न सम्बन्धित कम्पनीहरूलाई आग्रह गरेको हो ।
बुक विल्डिङ निर्देशिका, २०७७ बमोजिम योग्य संस्थागत लगानीकताहरूलाई शिलबन्दी बोलकबोलमार्फत धितोपत्रमा आवेदन दिनका लागि नेप्सेले दर्ता हुन भनेको हो ।
नेपाल धितोपत्र बोर्डबाट हालसम्म विभिन्न १०० कम्पनीहरूले संस्थागत लगानीकर्ताको रुपमा काम गर्न स्वीकृति पाएका छन् ।