असार २, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सिंहदरवारभित्र को मान्छे आए र गए भन्ने कुरा आफूलाई थाहा नभएको बताएका छन् ।
बजेट निर्माण अघि अर्थमन्त्रीले अपरिचित व्यक्तिलाई मन्त्रालयमा छिराएर करका दर हेरफेर गरेको आरोप लागेपछि नैतिकताका आधारमा राजिनामा दिनुपर्ने भएपनि उल्टै जनताले सुन्नै नचाहेको जवाफ दिएको एमाले सांसदले आरोप लगाएका छन् ।
एमाले सचेतक विशाल भट्टराइले अर्थमन्त्रीले राष्ट्रप्रति गद्धारी गरेको भनेपछि सभामुखले उक्त शब्द रेकर्ड बाट हटाउन निर्देशन दिएका थिए । भट्टराइले भने अपरिचित व्यक्तिलाई मन्त्रालयमा छिराएर करका दर हेरफेर गर्नु राष्ट्रप्रतिको गद्धारी नै भएको दोहोर्याए ।
जवाफमा शर्माले करका दर हेरफेर हुने कुरा सामान्य भएको भन्दै राष्ट्रघात गरेको गद्धारी गरेको कुरा भन्न नमिल्ने उनले जिकिर गरे ।
अर्थमन्त्रीले सबै कुरा आफैले हेर्न नसक्ने र टिमले नै बजेट बनाउने हुनाले यसमा आफू पूर्ण जवाफ देही रहेको दोहोर्याए ।