असार २, काठमाडौ । फुडमाण्डुले बढ्दो अर्डरहरुको माग पुरा गर्न उपाय सिटी कार्गोसंग सहकार्य गर्ने भएको छ ।
नेपालको पहिलो र लोकप्रिय फुड डेलिभरी प्लेटफर्म फुडमाण्डले आफ्नो डेलिभरी सुलभ पार्न नेपालकै पहिलो अनलाइन लजिस्टिक कम्पनी उपाय सिटी कार्गो सँग समन्वय गर्ने भएको हो । तीन वर्ष अगाडी स्थापना भएको यो कम्पनीले एक ठाँउ बाट अर्को ठाउँ सजिलै समान डेलिभरि गर्दै आएको छ ।
फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीका अनुसार फुडमाण्डुकोउद्देश्य भनेकै अनलाइन फुड डेलिभरी मार्फत ग्राहकहरुको जीवन सजिलो बनाउने हो । कहिले काहि हाम्रो राइडरहरुको क्षमता भन्दा वढी अडरहरु आउछन्, तब केही डेलिभरीहरुमा ढिलाइ हुने वा केही समयको लागि अर्डरहरु लिन रोक्नु पर्ने अवस्था हुदाँ सिटीका राइडरहरु मार्फत डेलिभरी गर्ने उनले बताए । साथै यसले गर्दा धेरै यूवाहरुलाई रोजगारीको अवसर पनि प्रधान हुने उनले बताए ।
त्यसैगरी यो सहकार्यको सहज कार्यान्वयनको लागि फुडमाण्डुले उपाय सिटीका राइडरहरुलाई खाना डेलिभरी गर्नका लागि विषेश प्रशिक्षण दिने कम्पनिले जनाएको छ ।
यस सहकार्य पछि फुडमान्डुले काठमाण्डौ उपत्यका बाहिर र अरु सहरहरुमा डेलिभरी सेवा विस्तार गर्दा पनि उपाय सिटीलाई साझेदारीमा लिने भएको छ । “यो सहकायमार्फत हाम्रो राइडरहरुले अफ आवरहरूमा पनि फुडमाण्डुबाट थप यात्राहरु पाउने छन् जसले गर्दा राइडरहरुले थप आमदानी गर्न सक्ने छन् ।” उपाय सिटीका प्रबन्ध निर्देशक स्मन रायमाझीले बताए ।
योसंगै उपाय सिटीले पनि फुडमाण्ड्लाई कोल्ड चेन बक्स र झोलाहरुबाट फ्रोजन तथा चिसो खाधान्न डेलिभरी सेवा प्रदान गर्नेछन् कर्गो कम्पनीले जनाएको छ ।