असार २, काठमाडौं । स्थानिय बजारमा विहिवार सुनको मूल्य बढेको छ । लगातार तीनदिन देखि घटिरहेको सुनको मूल्य यो दिन भने ८०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । यो दिन चाँदी प्रतितोला १ हजार २६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्य पनि बढेको छ । आज १ अमेरिकी डलरको विक्रिदर १२५.२१ रुपैयाँ रहेको छ । अघिल्लो दिन १ अमेरिकी डलर विक्रिदर १२५.०८ रुपैयाँ रहेको थियो ।