ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ऊर्जा संकटसँग जुध्दै अष्ट्रेलिया, पीक समयमा २ घण्टा बत्ती निभाउन सरकारको अनुरोध

२०७९ असार, २  
अन्तरराष्ट्रिय
Image Not Found

क्यानबेर्रा (अष्ट्रेलिया) । अष्ट्रेलियाका ऊर्जामन्त्रीले दक्षिण साउथ वेल्सका घरपरिवारहरुलाई आ–आफ्नो घरमा वत्ती निभाउन अनुरोध गरेका छन् । पछिल्लो समय ऊर्जा संकट भोगिरहेको अवस्थामा मन्त्री क्रिस बोवेनले मानिसहरुले विकल्प भएको अवस्थामा हरेक साँझ २ घन्टा विजुलीको प्रयोग नगर्न भनेका छन् ।

यत्ति गरेर बत्ती नै काट्न पर्ने अवस्था टार्न सकिन्छ भन्नेमा उनी विश्वस्त देखिएका छन् । मूल्यवृद्धिका कारण अष्ट्रेलियाको थोक बिजुली बजार बन्द भएपछि मन्त्रीले यस्तो अनुरोध गरेका हुन् । बोवेनले न्यू साउथ वेल्सका बासिन्दालाई सकेसम्म धेरै बिजुली बचाउन भनेका छन् । ‘निश्चित खालका विद्युतीय उपकरण कहिले कहिले चलाउने भन्ने विकल्प छ भने साँझ ६ बजेदेखि ८ बेसम्म त्यस्ता उपकरण नचलाउनु होला,’ क्यानबेर्रामा एउटा पत्रकार सम्मेलनमा उनले भने । 

अष्ट्रेलिया विश्वको सबैभन्दा ठूलो कोइला र तरलीकृत प्राकृतिक ग्यास निर्यातकर्ता हो । तर पछिल्लो समय यो ऊर्जा संकटसँग जुधिरहेको छ । त्यहाँको झन्डै तीन चौथाई बिजुली अझै पनि कोइलाबाट निकालिन्छ । नवीकरणीय ऊर्जामा लगानी गरेर उत्सर्जन कटौती गर्न खासै केही नगरेको भन्दै  लामो समयदेखि यसको आलोचना हुँदै आएको छ ।

कोइला आपूर्तिमा देखिएको अवरोध, कोइलाबाट चल्ने कयौं ऊर्जा केन्द्रमा आपूर्ति बन्द भएको र विश्वभर इन्धनको भाउ बढ्दाको असर हालैका हप्तामा अष्ट्रेलियामा देखिन थालेको छ । यो वर्षको शुरुमा आएको बाढीका कारण न्यू साउथ वेल्स र क्विन्सल्यान्डमा कोइला खानीमा क्षति पुगेको थियो । प्राविधिक समस्याका कारण न्यू साउथ वेल्समा कोइलाबाट चल्ने ऊर्जा केन्द्रमा उत्पादन घटेको छ ।

अनपेक्षित बिजुली आपूर्ति अभाव र समय समयमा हुने मर्मत सम्भारका कारण हाल कोइलाबाट बिजुली निकाल्ने अष्ट्रेलियाको एक चौथाई जति क्षमता प्रभावित भएको छ । रुसले युक्रेनमाथि हमला गरेपछि विश्वभर कोइला र ग्याँसको भाउ बढ्दा पनि केही बिजुली उत्पादकहरुको लागत बढेको छ । चिसो मौसम र कोभिडका कारण लगाइएको प्रतिबन्ध खुकुलो बनेपछि पछिल्लो समय अष्ट्रेलियामा ऊर्जाको माग बढेको छ । एजेन्सी

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x