काठमाडौं (अस) । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा लगानी भित्र्याउन रूसका गैरआवासीय नेपाली (एनआरएन)लाई आग्रह गरेका छन् । रसिया सरकारको औपचारिक निमन्त्रणामा रूसमा रहेका मन्त्री गहतराजले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा उक्त आग्रह गरेका हुन् ।
रूस भ्रमणको अन्तिम दिन बिहीवार एनआरएन, रूस र मस्कोस्थित नेपाली दूतावासद्वारा आयोजित विशेष भेटघाट कार्यक्रममा मन्त्री गहतराजले आफूले सिकेको शीप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरे । नेपालमा लगानीको वातावरण बन्दै गएकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न उनले आग्रह गरे ।