ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

व्यवसाय र सम्पत्ति करमा छूट दिन हानको आग्रह

२०७९ असार, ३  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । होटलहरूमा लगाइँदै आएको एकीकृत सम्पत्ति कर र व्यवसाय करमा छूट दिन होटल व्यवसायीले काठमाडौं महानगरपालिकासँग आग्रह गरेका छन् । होटल एशोसिएशन नेपाल (हान)ले सम्पत्ति करमा ९० प्रतिशत र व्यवसाय करमा शतप्रतिशत छूट उपलब्ध गराउन महानगरसँग आग्रह गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९)बाट अतिप्रभावित होटल व्यवसाय अझै लयमा आइनसकेको भन्दै व्यवसायलाई जोगाउन कर छूट दिइनुपर्ने हानले बताएको छ । महानगरका मेयर बालेन्द्र शाहलाई भेटेर यी करमा विगत वर्षमा जस्तै छूट दिन आग्रह गरिएको हानका महासचिव साजन शाक्यले जानकारी दिए । हानले सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा गरेको व्यवस्थाअनुसार कर छूट दिन पनि माग गरेको छ ।

रोजगारी उपलब्ध गराउने र विदेशी मुद्रा आर्जनमा टेवा पुर्‍याउने होटल उद्योगलाई बचाइराख्ने दायित्व राज्यको पनि भएको शाक्यले बताए । घरजग्गा कर ऐन २०१९ को दफा १२ बमोजिम होटलमा ग्राहकले बस्नेखाने स्थान, घर/भवन, सवारी पार्किङ स्थल र बागबगैंचामा घरजग्गा कर नलाग्ने व्यवस्था भए पनि एकीकृत सम्पत्ति कर २०७४ मा होटलले ओगटेका सबै संरचनामा सम्पत्ति कर लगाइँदै आएको छ ।

महानगरपालिकाले भने यस्तो करमा आर्थिक वर्ष २०७५/७६ मा ६५ प्रतिशत, २०७६/७७ मा ७५ प्रतिशत, २०७७/७८ मा ७५ प्रतिशत र २०७८/८९ का लागि ८० प्रतिशत छूट उपलब्ध गराएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x