ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

फूडमाण्डु र उपाय सिटी कार्गोबीच फूड डेलिभरी सम्झौता

२०७९ असार, ३  
बजार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । खानाको बढ्दो अर्डरको माग पूरा गर्न अनलाइन फुड डेलिभरी प्लेटफर्म फूडमाण्डु र अनलाइन लजिस्टिक कम्पनी उपाय सिटी कार्गो बीच सम्झौता भएको छ । फूडमाण्डुले अनलाइन डेलिभरी सेवालाई अझ सहज र सुलभ पार्न उपाय सिटी कार्गोसँग समन्वय गरेको हो ।

कहिलेकाहीँ राइडरको क्षमताभन्दा बढी अर्डर आउने भएकाले डेलिभरीमा ढिलाइ हुने वा अर्डर लिन रोक्नुपर्ने अवस्था आएकाले आफ्ना ग्राहकलाई सहज तरीकाले खानेकुरा घरसम्मै डेलिभरी गर्न यस्तो सम्झौता गर्नुपरेको फूडमाण्डुका सीईओ मनोहर अधिकारीले जानकारी दिए ।

उनका अनुसार फूडमाण्डुले उपाय सिटी कार्गोका राइडरहरूलाई खाना डेलिभरी गर्न विशेष प्रशिक्षण दिनेछ । यस सहकार्यपछि काठमाडौं उपत्यका बाहिरका शहरहरूमा समेत डेलिभरी सेवा विस्तार गर्न पनि फूडमाण्डुले उपाय सिटी कार्गोसँग सहकार्य गर्ने बताएको छ । साथै, उपाय सिटीले पनि फूडमाण्डुलाई कोल्ड चेनबक्स र झोलाहरूबाट फ्रोजन तथा चिसो खाद्यान्न डेलिभरीका थप सेवा प्रदान गर्ने भएको छ । फूडमाण्डु अनलाइनमार्फत घर तथा कार्यालयसम्म नै खाना डेलिभरी गर्ने कम्पनी हो । यसले करीब १२ वर्षदेखि आफ्नो सेवा दिँदै आएको छ ।

उक्त सहकार्यपछि उपाय सिटीका राइडरहरूले अफ आवरमा पनि फूडमाण्डुबाट थप सेवा दिने अवसर पाउनेछन् । यसले गर्दा राइडरहरूले अतिरिक्त आम्दानी गर्न सक्ने उपाय सिटीका अध्यक्ष सुमन रायमाझीले बताए । उपाय सिटी कार्गो सामान ढुवानी गर्ने एक लजिस्टिक कम्पनी हो । यसले काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरूमा दुईपांग्रे सवारीमार्फत ढुवानीको सेवा दिँदै आएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x