काठमाडौं (अस) । आइएमई रेमिट्यान्सले असार २ गते लागू गरेको ‘जोड्दै छ नाता’ अफर सम्पन्न भएको छ । कम्पनीले बिहीवार परेको ‘इन्टरनेशनल डे अफ फेमिली रेमिट्यान्स’को अवसरमा उक्त अफर ल्याएको थियो । विदेशबाट बैंक डिपोजिट गर्ने पाँचजना भाग्यशाली सेवाग्राहीहरूलाई अफर अनुसार कम्पनीले प्रतिव्यक्ति २२ हजार रुपैयाँ प्रदान गर्नेछ । सो रकममा लाग्ने कर भने ग्राहकले नै तिर्नुपर्नेछ । सो अफर बिहीवार (एक दिन) मात्र लागू गरिएको थियो ।