ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नबिल बैंकद्वारा क्यूआर कारोबारमा आधारित क्यासब्याक योजना सार्वजनिक

२०७९ असार, ३  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नबिल बैंकले क्यूआर कारोबारमा आधारित नयाँ क्यासब्याक योजना सार्वजनिक गरेको छ । नबिल बैंक र संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (यूएनसीडीएफ)को सहकार्यमा आधारित ‘क्यूआर कोड ः महिला र युवाका लागि नबिल बैंक डिजिटल प्रवद्र्धन’ परियोजना अन्तर्गत यो योजना शुरू गरिएको हो ।

विशेषगरी कोभिड १९ पछिको अवस्थामा डिजिटल वित्तीय समाधान मार्फत महिला र युवाहरूको प्रवद्र्धन गर्ने उद्देश्यले यो योजना शुरू गरिएको बैंकले बताएको छ । यसअधि नयाँ वर्षको अवसरमा पनि बैंकले यस्तै क्यासब्याक योजना सार्वजनिक गरेको थियो । उक्त योजनामा महिला तथा युवा क्यूआर मर्चेन्टले गर्ने पहिलो क्यूआर कारोबारमा १० प्रतिशत वा प्रतिकारोबार अधिकतम  रू. २०० नगद फिर्ता दिइनेछ । यो योजना असार महीनाभर लागू हुनेछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x