ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नबिलमा पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा

२०७९ असार, ३  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नबिल बैंकले पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुविधा ‘नबिल इको फ्रेन्ड्ली बिजनेश लोन’ सार्वजनिक गरेको छ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकाससँग सम्बन्धित व्यवसायको वित्तीय व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले बैंकले उक्त सुविधा ल्याएको हो । सो सुविधा अन्तर्गत फोहोरमैला व्यवस्थापन, पर्यावरणमैत्री उद्योग व्यवसाय र वनविनाश तथा प्रदूषण कम गर्ने लक्ष्य राखिएका व्यवसाय पर्नेछन् । यसका लागि बैंकले साविकको भन्दा शून्य दशमलव ५ प्रतिशत कम ब्याजदरमा कर्जा उपलब्ध गराउने बताएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x